सुनको भाउ आज ९ सयले बढेको छ भने चाँदी २२ सय पार भयो ।

४ असार- काठमाडौं, अन्तराष्ट्रीय बजारमा सुनको मूल्य बढे संगै आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा ९०० रुपैयाँ बढेर सुन तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेस्तै चाँदीको मूल्य आज प्रतितोला ६५ रुपैयाँले बढेको हो । आज चाँदी तोलाको २ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्