३ असार- खलंगा, दार्चुलाको महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ ।
आज बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकामा लागेपछि दीपेन्द्र पाल गम्भीर घाइते भएका थियो ।
स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पाल केही दिनअगाडि मात्रै बिदामा घर गएका थिए ।
प्रतिक्रिया दिनुहोस्