श्रीमती भेट्न पुगेका युवक मृत फेला

३ असार-हेटौंडा, हेटौंडामा श्रीमती भेट्न पुगेका युवक मृत फेला परेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी स्थायी घर भएका करिब ३० वर्षीय अमित मोक्तान उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा २ असार सोमबार राति मृत फेला परेका हुन् ।

मृतक मोक्तान उनलाई भेटन होटल पुगेका थिए । उनकी श्रीमती ममता प्रजा सोही होटलमा काम गर्थिन् । अमित राति जल भएको घरको छतबाट खसेको प्रहरीले जनाएको छ ।

होटलको तेस्रो तलस्थित छतमा पुगेका मोक्तान रेलिङबाट अचानक खस्न गई भुईंमा लडेको प्रहरीलाई भनिएको छ ।प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई राति नै चितवनस्थित भरतपुर अस्पतालमा रिफर गरिएता पनि मंगलबार बिहान भरतपुर अस्पतालका चिकित्सकले मृत घोषणा गरेको थिए।

 

मृतक मोक्तानको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको प्हरीलेबताएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्