२ किलो बढी चरेशसहित कञ्चनपुरबाट एकजना पक्राउ

१ असार-कञ्चनपुर, कञ्चनपुरबाट २ किलो बढी चरेशसहित राम सिंह साउद पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका -३ तिलाचौर केदार टोल स्थित ६० वर्षीय साउदको घरमा खानतालासी गर्दा २ किलो १५५ ग्राम लागूऔषध चरेश फेला परेको हो ।

उनलाई शनिवार उनलाई पक्राउ गरिएको थियो । चरेशसहित साउदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्