१ असार- काठमाडौं, आज असार महिनाको पहिलो साताको पहिलो बार आइतवार सुन तोलामा रु ४०० ले वृद्धि भएको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ।
आज एक तोला सुनको मूल्य रु १लाख ९७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ।
जेठको अन्तिम बार शुक्रवार ३० गते सुन प्रतितोला रु १ लाख ९७ हजार १०० मा कारोवार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्
प्रतिक्रिया दिनुहोस्