३० जेठ-इजरायल,
इजरायलले इरानमाथि आक्रमण गरेसँगै इजरायलस्थित नेपाली दूतावासले त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सुरक्षा अवस्थालाई लिएर चिन्ताजनक परिस्थिति सिर्जना भइरहेका बेला विशेष सतर्कता अपनाउन अपिल गरेको छ ।
१३ जूनमा दूतावासको सूचना जारी गर्दै भनेको छ, ‘यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएकाले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई इजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन, उक्त प्रोटोकलहरू पालना गर्न र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन अनुरोध गर्दछौं ।’
इजरायली सेना र सुरक्षा निकायले आक्रमणपछिको प्रतिक्रिया तथा सम्भावित जोखिमको पूर्वानुमान गर्दै सर्वसाधारणका लागि सुरक्षा निर्देशिका कडाइका साथ लागू गरिरहेका छन् । यो स्थितिमा अन्य विदेशी नागरिकसरह इजरायलमा कार्यरत, अध्ययनरत वा स्थायी रूपमा बसोबास गरिरहेका नेपालीहरूको पनि दैनिक जीवन प्रभावित हुन सक्ने भएकाले विशेष सजगता आवश्यक देखिएको दूतावासले जनाएको छ ।
इजरायलमा करिब ५ देखि १० हजार नेपाली नागरिक रहेको अनुमान छ । तीमध्ये अधिकांश स्वास्थ्य, होम केयर, कृषि तथा होटल क्षेत्रमा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस्