३० जेठ- कैलाली, कैलाली, गोदावरीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका–९ बल्मीका ५ वर्षीया रितु भाटको सर्पको टोकाइबाट मृत्यु भएको हो। रितुलाई बुधवार राती आगनमा खेलिरहेको अवस्थामा सर्पले टोकेको थियो।
उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्