सुन आज ४ हजार २ सयले बढ्यो

३० जेठ- काठमाडौँ, अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढे संगै नेपाली बजारमा समेत यस्को असर देखिएको छ । साताको अन्तिम बार शुत्रवार नेपाली स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ ।

साथै बिहिवार एक तोला सुन रु एक लाख ९२ हजार ९ सयमा कारेवार भएको थियो

तेस्तै चाँदी पनि रु १५ ले बढेको छ । चाँदीको मूल्य आज शुत्रवार रु दुई हजार १६५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्