चट्याङ लागेर एक युवकको मृत्यु

२९ जेठ- कैलाली, कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्र बहादुर शाहीको मृत्यु भएको हो।

बिहीवार बिहान ११ः५० को समयमा शाहीको घर नजिकै खेतमा हिँडिरहेको अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाए ।

प्रतिक्रिया दिनुहोस्