२९ जेठ- काठमाडौं, एक साताभित्र देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले बताएको छ।
बिहीबारबाट देशव्यापी रूपमा वर्षाका गतिविधि वृद्धि हुँदै गएको 5 । केही दिन सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना देखिएको हो ।
हालसम्म मनसुनी वायु पूर्वी क्षेत्रमा मात्रै रहेको र एक साताभित्र देशभर फैलने छ ।
यस वर्ष देशभर वर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम समेत औसत भन्दा बढी मापन हुने सम्भावना देखिएको छ ।
जल तथा मौसम प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि सर्वसाधारणहरूले समेत मौसमको जानकारी लिनुपर्ने जल तथा मौसम विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्