सुनको मुल्य १६ सयले बढ्यो

२९ जेठ- काठमाडौँ, बुधबारको तुलनामा नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु १ हजार ६०० ले वृद्धि भएको छ भने चाँदीमा रु १५ ले घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मुल्य रु १ लाख ९२ हजार ९०० मा भईरहेको छ ।

तेस्तै आज बिहीवार एक तोला चाँदी रु दुई हजार १५० मा कारोबार भइरहेको छ । बुधवार चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्