सुदूरपश्चिमबाट फरार प्रतिबादी पक्राउ

२८ जेठ- कञ्चनपुर, जिल्ला अदालत कञ्चनपुरको बैंकिङ कसुर मुद्दामा १ बर्ष १० महिना ७ दिन कैद सजाय र रु.२५,४०,५२२. ( पच्चिस लाख, चालिस हजार, पाँच सय, बाईस रुपैया) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, बेलौरी न.पा. १ बस्ने वर्ष ५२ को राम बहादुर गिरी थारु तथा बैंकिङ कसुर मुद्दामा रु।.२२,८३,८०० (बाईस लाख,त्रियासी हजार,आठ सय रुपैया) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.८ खड्डा बस्ने वर्ष ४२ को मिलन रानालाई फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीहरुलाई कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको छ ।

तेस्ते कैलालीमा जिल्ला अदालत कैलालीको लागूऔषध ( खैरो हिरोईन) मुद्दामा २ महिना १० दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, जोशिपुर गा. पा. ०७ घैलाबौनिया बस्ने बर्ष २५ को अमित चौधरीलाई इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार निजकै घर ठेगानाबाट पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्