२८ जेठ- कञ्चनपुर, कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्जमाथि कुटपिट गर्ने तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ का राहुल राना,सोहि ठाउँ बस्ने कलीराम चौधरी, र दुम्ली चौधरी रहेका छन।
कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज वीरबहादुर चन्दमाथी कुटपिट गर्ने तिनै जनालाइ इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले पक्राउ गरेको छ।
यस बिषयमा थप प्रकृया अगाडी बढाइने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्