२७ जेठ-काठमाडौं, लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले टोखाको ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक रहेका छन ।
उनीहरुको परिचय प्रहरीले अझै सार्वजनिक गरेको छैन । लागु औषध कारोबारको सूचना पाएपछि ब्यूरोसहितको टोलीले नियत्रणमा लिन खोज्दा तेही क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो ।
त्यसपछि गोली चलाएर दुई जना र थप दुई गरी चार जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद भएको छ ।
नियन्त्रणमा लिने क्रममा उनीहरुको आक्रमणबाट दुई प्रहरी रवीन्द्र केसी र नवराज घिसिङ पनि घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्