मंगलबार शेयर बजार २५.०७ अंकले बढेको छ

२७ जेठ- काठमाडौं, आज मंगलबार नेप्से परिसूचक तुलनामा २५.०७ अंक बढेको छ ।

२५.०७ अंक बढेर नेप्से २६७८ अंकमा पुगेको छ ।

आज शेयर बजारमा १० अर्ब १६ करोडको भयो । १९६ कम्पनीको मूल्य बढ्दा ५२ को घट्यो ।

आज सबै सेक्टरका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ५.१२ प्रतिशत बढ्यो । बैंकिङ ०.९३, विकास बैंक ०.७१, होटल तथा पर्यटन १.२८, हाइड्रोपावर ०.४६, लगानी ०.६८, जीवन बीमा १.०८, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.६१, निर्जीवन बीमा १.२६, अन्य १.५१ तथा व्यापार १.०७ प्रतिशत बढे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी र श्री इन्भेस्टमेन्ट फाइनान्स छन् । त्यस्तै समृद्धि फाइनान्सको ८.३८, जानाकी फाइनान्सको ६.९१, रिलायन्स फाइनान्सको ६.६७ प्रतिशत बढ्यो ।

 

प्रतिक्रिया दिनुहोस्