प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

Samsad Bhawan

२६ जेठ- काठमाडौं, आधा घण्टाका लागि स्थगित भएको संसद् दलहरूबीच सहमति नजुटेका कारण प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

 

सभामुख देवराज घिमिरेको सचिवालयले बैठक बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

 

करिब साढे १ घण्टापछि सुरु भएको संसद् केहीबेर मै आधा घण्टाका लागि स्थगित भएको थियो । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरूले नाराबाजी गरेका कारण अगाडि बढ्न नसकेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्