२६ जेठ-भारत, मुम्बईमा रेलबाट खसेर पाँच जनाको मृत्यु भएको छ । यो घटना सोमबार दिउँसो कोपर रेलवे स्टेसनको बिचमा भएको थियो ।
केही यात्री छत्रपति शिवाजी महाराज टर्मिनलतर्फ गइरहेको लोकल ट्रेनमा यात्रा गरिरहेका थिए, मुंब्रा स्टेसननजिकै केही यात्रु रेलबाट तल खसे । यात्रुहरू खस्नुको कारण अत्यधिक भीड रहेएको बताइएको छ ।
घटनाको जानकारी पाए लगत्तै रेलवे प्रशासन र प्रहरी घटनास्थलमा पुगेका थिए । घाइते यात्रुहरूलाई तुरुन्तै नजिकको अस्पतालमा लगिएको थियो । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्