२२ जेठ- रौतहट, सर्लाही स्थित पूर्व(पश्चिम राजमार्गमा मालवाहक कन्टेनरको ठक्करबाट बागमती नगरपालिका–११ बागमती पुल नजिकै रौतहटका मोटरसाइकल चालकको मृत्यु भएको छ।
दुर्घटनामा परी रौतहट चन्द्रपुर नगरपालिका १ पौराही टोल बस्ने २१ वर्षीय गोपाल योन्जन मृत्यु भएको छ ।
गएराति १० बजे बागमती पुल छेउमा चन्द्रपुरबाट हरिवन तर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ ख ००७० नम्बरको कन्टेनर डब्बा गाडीले बिपरित दिशा तर्फबाट जाँदै गरेको प्रदेश ३–०२–०१४ प ९८७७ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गोपाल योन्जनको शरीरको विभिन्न भागमा चोट लागेको थियो।
घाइते योञ्जनको मोडेल अस्पताल कर्मैयामा सामान्य उपचार पश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल मलगंवामा राति ११ बजे लैजाँदा डाक्टरले मृत घोषणा गरेको थिए।
दुर्घटनामा परेको मोटरसाइकल, कन्टेनर डब्बा गाडी र कन्टेनर चालक मकवानपुर भिमफेदी गाउँपालिका ५ बस्ने वर्ष ३८ को ओम बहादुर लामालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवन तर्फ पठाईएको छ।
प्रतिक्रिया दिनुहोस्