खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु,एक जना घाइते

२१ जेठ- सङ्खुवासभा, सङ्खुवासभाको मादी नगरपालिका–९ फाविङ स्थित पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

पिलुवा खोलामा पौडी खेल्ने क्रममा बिहान साढे ९ बजे एक बालिकाको मृत्यु भएको र एक बालिका गम्भीर घाइते भएकी छन् ।

पौडी खेल्ने क्रममा डुबेर चैनपुर नगरपालिका–२ नुनढाकी बस्दै आएकी अन्दाजी १३ वर्षीया समिक्षा लिम्बूको मृत्यु भएको हो।

पौडी खेल्न क्रममै खोलामा डुबेर १३ वर्षीया चैनपुर–२ की दिक्षा राई गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते दिक्षाको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरको टोली घटना स्थलतर्फ लागेको छ ।

प्रतिक्रिया दिनुहोस्