भारतमा कोरोना भाइरसका नयाँ भेरियन्टको कहर

२१ जेठ- भारत, भारतमा कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकोमा मङ्गलबार मात्र ३ सय नयाँ कोरोना सङ्क्रमणका केसहरू भारतमा देखिएका छन् । तीमध्ये सबैभन्दा धेरै गुजरातमा १०८ र महाराष्ट्रमा ८६ केस भेटिए, यससँगै भारतभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय २ पुगेका छन ।

सबैभन्दा बढी १ हजार ३ सय ७३ सक्रिय केस केरला राज्यमा भेटिएका छन् भने ५ सय १० सक्रिय केससहित महाराष्ट्र दोस्रो स्थानमा रहेको छ ।

जनवरीदेखि देखा परेको कोरोना भाइरसका नयाँ भेरियन्टहरूले हालसम्म देशभर ४४ जनाको ज्यान लिइसकेको छ । तीमध्ये ३७ जनाको मृत्यु पछिल्ला ५ दिनमा मात्र भएको हो ।

मङ्गलबार मात्रै महाराष्ट्रमा ४ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो । जससँगै यस राज्यमा मृत्यु सङ्ख्या १४ पुगेको छ। दिल्ली, गुजरात र तमिलनाडुमा पनि एक–एक जनाको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्