२६ लाख रुपैयाँ बराबरका सुनका गहना ठगेर फरार भएका पक्राउ

२१ जेठ-काठमाडौं, सुनका गहना ठगेर फरार भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।जसको मुल्य २६ लाख रुपैयाँ बराबरको थियो

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–११ का ३८ वर्षीय दानबहादुर तामाङ र २६ वर्षीय दानबहादुर तामाङ छन् ।

काठमाडौंका विभिन्न स्थानका सर्वसाधारणलाई उनीहरूले २६ लाख रुपैयाँ बराबरका सुनका गरगहना ठगी गरेको आरोप छ ।आफूहरू विदेशबाट भर्खरै आएको बताउँदै उनीहरूले विदेशी मुद्रा साट्न सहयोग गरे रकम दिने भन्दै झुक्याएर गहना लिएर भाग्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूलाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्