दक्षिण कोरियामा नयाँ राष्ट्रपति चुनिए

२१ जेठ- दक्षिण कोरिया, उदारवादी९डेमोक्र्याटिक० पार्टीका ली जे(म्युङ बुधबार दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित भएका छन्। पूर्वराष्ट्रपति युन सुक योल र उनको पिपुल्स पावर पार्टीविरुद्ध महिनौँदेखि चलिरहेको राजनीतिक अस्थिरतापछि ली निर्वाचित भएको समाचार एजेन्सी एपीले जनाएको छ।

लीका प्रतिस्पर्धी रूढिवादी पिपुल्स पावर पार्टीका किम मुन(सु पराजित भएका छन्। यो निर्वाचन युनलाई गत डिसेम्बरमा छोटो समयका लागि मार्सल कानुन लागू गरेपछि पदबाट हटाइएपछि भएको थियो।

लीले दक्षिण कोरियाको कमजोर बन्दै गएको अर्थतन्त्र सुधार्ने उपाय खोज्नुपर्नेछ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग करसम्बन्धी वार्ता गर्नुपर्नेछ। मुख्य मित्रराष्ट्र अमेरिका र सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनबीचको तनाव व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी पनि लीमाथि आइलागेको छ।

ली पछिल्ला केही दशकयताका सबैभन्दा शक्तिशाली दक्षिण कोरियाली राष्ट्रपतिका रूपमा उभिन लागेका छन्। डेमोक्र्याटिक पार्टीले राष्ट्रियसभामा नियन्त्रण राखेको छ। विश्लेषकका अनुसार उक्त समर्थनले लीलाई आफ्नो कानुनी एजेन्डा अघि बढाउन मद्दत गर्ने अपेक्षा छ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा ७९ प्रतिशतभन्दा बढीले मतदान गरेका छ्न्। यो सन् १९९७ यताकै सबैभन्दा धेरै सहभागिता हो।

लीको राष्ट्रपति कार्यकालमा अनिश्चितता रहने सम्भावना भने कायमै छ। उनीमाथि राजनीतिक प्रतिशोधस्वरूप लगाइएका भनिएका थुप्रै आपराधिक अभियोगमा मुद्दा चलिरहेको छ। ती मुद्दा उनको पाँचवर्षे कार्यकाल सकिँदासम्म स्थगित गरिने कि नगर्ने भन्ने विषयमा विवाद कायमै छ।

यो प्रतिस्पर्धा ली, किम वा उनीहरूको नीतिभन्दा पनि बढी उनीहरूले प्रतिस्थापन गर्न चाहेका व्यक्तिबारे थियो भन्ने व्यापक धारणा थियो। युनलाई राष्ट्रियसभाले महाभियोग लगाएपछि उनलाई गत अप्रिलमा संविधानिक अदालतले औपचारिक रूपमा पदबाट हटाएको थियो।

प्रतिक्रिया दिनुहोस्