नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित

२० जेठ-काठमाडौं, काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । उनलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाको लागि निलम्बन गरेका हुन् ।

यसअघि गुरागाईंले राजु पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेको थियो ।

उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्