रेड पान्डा चोरी गरेर भाग्न खोज्नहरू पक्राउ

२० जेठ-ललितपुर, ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको रेड पान्डा तेस्रो प्रयासमा चोरी गरेर उम्कन खोज्नहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरको पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङबेशी घर भएका २१ वर्षीय कृष्ण गुरुङ र भारत बिहार राज्य वैशालीका २६ वर्षीय मोहमद तफिक रहेका छन् ।

उनीहरूले दुई पटकसम्म चिडियाखाना गएर रेकी गर्दै तेस्रो प्रयासमा रेड पान्डा चोरेर झोलामा समेत प्याक गरिसकेका थिए । मध्यराति चिडियाखानाबाट रेड पान्डा चोरेर झोलामा समेत प्याक गरेका उनीहरू रेड पान्डा कराउन थालेपछि झोला फालेर फरार भएको थिए ।

वैशाखको ३० गते राति १० बजेतिर चिडियाखानाबाट रेड पान्डा चोरीको प्रयास भएको सूचना परिसरमा आएको थियो त्यसपछि परिसरको टोली चिडियाखाना पुगेको थियो ।

 

घटनास्थलबाट पेचकस, रेड पान्डाको भुत्लासहितको झोला एक जोर जुत्ता समेत प्रहरीले बरामद गरेको थियो । सीसीटीभी फुटेज बाटै प्रहरी यो घटनाका आरोपितसम्म पुग्न सफल भएको थियो ।

 

रेड पान्डा चोर्ने योजनाकारहरू हाल फरार रहेका दुई भारतीयसहित चिडियाखाना पुगेको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्