चिनमा दूई जना जापानी नागरिकको हत्या

२० जेठ- काठमाडौं, उत्तरपूर्वी चीनको डालियान शहरमा दुई जना जापानी नागरिकको हत्या भएको चीनस्थित जापानी राजदूतावासलाई उद्धृत गर्दै क्योदो समाचार संस्थाले जनाएको छ ।

व्यापारिक विवादका कारण उनीहरुको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । समाचार संस्था रोयटर्सले जापानीको हत्या गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

धेरै समयअघि उनीहरुको हत्या भएपनि हालैमात्र घटना सार्वजनिक भएको हो । घटनाबारे चिनियाँ प्रहरीले शेन्याङमा रहेको जापानी नियोगलाई गत मे २५ का दिन जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्