श्रीमतीलाई विष खुवाइ मार्न खोज्ने श्रीमान् पक्राउ

२० जेठ- झापा, आफ्नै श्रीमतीलाई विष खुवाइ मार्न खोज्ने श्रीमान् सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका– २ घर भई हाल दमक नगरपालिका–१ सुम्निमा टोलमा डेरा गरी बस्ने २५ वर्षीय दिलीपकुमार मरिक डोम रहेका छन ।

गत चैत १० गते बिहान ८ बजे डोमले आफ्नै श्रीमती रेणु मरिकलाई ज्यान मार्न खोजेका हुन । उनले खोकी लागेका बेला कफ सिरप भनेर श्रीमतीलाई विष खुवाउन खोजेका थिए । त्यसभन्दाअघि पनि तीनै श्रीमानले आफूलाई आगो लगाई मार्न खोजेको रेणुले प्रहरीमा बयान दिएकी छन ।

 

घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरी झापा पुगाउको हो । उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाले जानाएको छ ।

प्रतिक्रिया दिनुहोस्