१९ जेठ- नवलपरासी, बर्दघाट–सुस्तापूर्वको देवचुलीमा बिहान एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुई विद्यार्थीसहित पाँचजना घाइते भएका छन।
बिरामी बोकेर नारायणगढतर्फ जाँदै गरेको ना४च ४६१६ नम्बरको एम्बुलेन्स र विपरीत दिशामा जाँदै गरेको बा२०च ७२ नम्बरको स्कुल भ्यान देवचुली–२ स्थित दुम्कोली चोकमा ठक्कर खाँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी दिव्य एकेडेमी बोर्डिङ स्कुल केउरेनीका भ्यान चालक देवचुली–१ का ५२ वर्षीय कुलप्रसाद सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो। टाउको र दुवै खुट्टामा चोट लागेका सुवेदीको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान ९:२० बजे मृत्यु भएको हो
त्यस्तै दुवै सवारीसाधन ठक्कर खाँदा भएका घाइते र एम्बुलेन्सका बिरामीलाई चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्