चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, एक जना घाइते

१८ जेठ- काठमाडौं, चन्द्रागिरी नगरपालिका(४ पानीघाटस्थित शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । तेस घटनामा चालक घाइते भएका छन्।

बा।प्र।०२-०२१ प ८०६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार नुवाकोट, ककनी गाउँपालिका-१ गुदेश्वरीकी ३६ वर्षीया सुनिता बलामीको मृत्यु भएको हो।गम्भीर घाइते भएकी उनको सशस्त्र प्रहरी अस्पताल, सतुंगलमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्