१७ जेठ- काठमाडौं, बालाजू होटल व्यवसायी संघ बालाजू काठमाडौंको आज एक कार्यक्रमका बिच १९ ओै वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । होटल व्यवसायी महासंघका संरक्षक अमृत भुजेलको प्रमुख आतिथ्यता, होटल व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष शेरू थापा को बिशिष्ट आतिथ्यतामा र होटल तथा पर्यटन व्यवसायी संघ बागमति प्रदेशका अध्यक्ष दामोदर नेपाल, जिल्ला होटल व्यवसायी संघ काठमाडौं का अध्यक्ष सुरेश बराल लगायत काठमाडौंका ईकाई अध्यक्ष ज्यू हरूको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष सुरेश भुषालले अथक प्रयास पश्चात हाल होटल खुल्ने समय रातको ११ बजे सम्म बनाएकोमा व्यवसायीहरूलाई मर्यादित भएर व्यवसाय सञ्चालन गर्न अनुरोध गर्नुभयो । बागमति प्रदेशका अध्यक्ष नेपालले प्रदेश संघले विभिन्न तालिम तथा कार्यक्रमको लागि मन्त्रालय र पर्यटन बोर्डमा पहल गरिरहेकोले छिट्टै नै तालिमहरू सञ्चालन हुने जानकारी गराउनु भयो । त्यसैगरी महासंघका बरिष्ठ उपाध्यक्ष थापाले महासंघ निरन्तर व्यवसायीहरूको पक्षमा पहल कदमी लिएर काम गरिरहको जानकारी दिनुभयो भने प्रमुख अतिथी संरक्षक भुजेलले संघका नेतृत्व पंतिलाई व्यवसायीको पक्षमा निरन्तर काम खटेर काम गर्न अनुरोध गर्नुभयो ।
अधयक्ष टिका बहादुर रायमाझीको अधयक्षतामा र संघका सचिव शैलेन्द्र विक्रम थापाले सञ्चालन गर्नुभएको थियो ।
साथै दोस्रो शत्र अधिवेशन शत्रमा संघका कोषाध्यक्ष गंगा बहादुर खातीले आर्थिक प्रतिवेदन र महासचिव लेखनाथ खरालले साँगठनिक प्रतिवेदन पेश गरी सर्वसम्मत पारित गर्नुभएको थियो भने अध्यक्ष टिका बहादुर रायमाझीले संघको समग्र अवस्था र ईतिहास बारेमा सदस्यहरू विच प्रष्ट पार्नुभएको थियो । अधिवेशन शत्रको कार्यक्रम सञ्चालन महासचिव लेखनाथ खरेलले गर्नुभएको थियो ।
संघको चौथो अधिवेशन वाट तपशिल बमोजिम कार्यसमिती आगामी दुई बर्षको लागि तपशिल बमोजिम कार्यसमिती चयन गरेको छ ।
पदाधिकारीहरू
अध्यक्ष सुर्य बहादुर खाती
बरिष्ठ उपाध्यक्ष कोक बहादुर रसाईली
परथम उपाध्यक्ष नरिश्वर गौतम
द्वितिय उपाध्यक्ष विमल जि सी
महासचिव लेखनाथ खराल
सचिव तिलक श्रीपालि
कोषाध्यक्ष गंगा बहादुर खाती
सह कोषाध्यक्ष गोमा थापा
सदस्य हरि घिमिरे
सदस्य मनि कुमार राई
सदस्य गोमा गैरे
सदस्य ज्ञान बहादुर वि क
सदस्य देब बहादुर सुनार
सदस्य महेश पाण्डे
सदस्य ज्ञानेन्द्र न्यौपाने
सदस्य विष्णु कुमारी पुन
सदस्य राधा खनाल
सदस्य अर्जुन पोख्रेल
सदस्य टंक ब लिम्बु
प्रतिक्रिया दिनुहोस्