१६ जेठ- काठमाडौं, राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी ओलीलाई आन्दोलनलाई सम्बोधन गर्दै नवीन समझदारीमा नआए भाग्नको लागि हेलिकप्टर खोज्न चेतावनी दिएका छन्।
राजा फर्काउन बिहीबार देखि थालेको अनिश्चितकालीन आन्दोलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको काठमाडौं कब्जा हिजो नै देखिसकेको टिप्पणी गरे।
उनले राष्ट्रिय झन्डाको आन्दोलन सफल हुने दाबी गर्दै भ्रष्टाचारीहरूको अन्त्य गर्ने बताए।
उनले भने, ‘तपाईँले हिजो काठमाडौं कब्जा गर्ने भन्नुभएको थियो, तपाईँको कब्जा त देखियो, ४ सय जना मान्छे जम्मा गर्न नसक्ने मान्छे देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक छैन। यो त हाम्रो सुरुआत हो, अन्तिम होइन, यो राष्ट्रवादीको आन्दोलन हो।’
प्रतिक्रिया दिनुहोस्