१५ जेठ- काठमाडौं, बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने बताएका छन ।
गृहिणी महिलाको श्रम र सिपलाई साना तथा घरेलु उद्यमसँग जोड्न क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने उनको भनाई रहेको छ ।
दुर्गमका रहेका गर्भवती महिलाहरूको उद्धारका लागि आवश्यक बजेटको व्यवस्था समेत गरिएको अर्थमन्त्रीले जानकारी दिएका छन ।
महिलालाई रोजगारीसँग जोड्न सरकारले निःशुल्क उद्योग र कम्पनी दर्ता, र नवीकरण निःशुल्क गरेको हो । यसभन्दा अघि पनि सरकारले महिलाको नाममा निश्चित ठाउँ जस्तै औद्योगीक ग्राममा महिलाको नाममा उद्योग दर्ता गराउदा छुट दिनै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्