काठमाडौंमा आज बिहानैबाट सुरक्षा व्यवस्था कडा

१५ जेठ- काठमाडौं, काठमाडौँको भृकुटीमण्डप र रत्नपार्क क्षेत्रमा आज बिहानैबाट सुरक्षा व्यवस्था कडा गरिएको छ। आज गणतन्त्र दिवसको अवशर पारेर नेकपा एमालेको पूर्वनिर्धारित कार्यक्रम र राजावादी समूहहरूको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा कडा गराइएको छ।

सुरक्षाकर्मीहरूले भृकुटीमण्डप र रत्नपार्क वरपरका क्षेत्रमा ठूलो संख्यामा गस्ती गरिरहेका छन्।

भृकुटीमण्डपमा नेकपा एमालेले बिहान ११ बजे कार्यक्रम आयोजना गरेको छ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लगायत राजावादी समूहहरूले रत्नपार्क क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका छन्।

 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राजावादी समूहका लागि दिउँसो साढे दुई बजेपछिको समय तोकिदिएको छ। दुई फरक कार्यक्रमका कारण कुनै पनि अप्रिय घटना हुन नदिन र शान्ति सुव्यवस्था कायम राख्नका लागि उच्च सुरक्षा सतर्कता अपनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्