गणतन्त्र दिवशमा ३००० सुरक्षाकर्मी खटाइने

१४ जेठ- काठमाडौं, भोलि जेठ १५ का दिन मनाइने गणतन्त्र दिवश मा यस वर्षको कार्यक्रम सुरक्षा दृष्टिले उच्च सतर्कतायुक्त हुने भएको छ ।

भोलि नै सत्तारुढ नेकपा (एमाले) ले गणतन्त्र उत्सव र राप्रपासहितका राजावादी समूहले ‘जनआन्दोलन’ कार्यक्रमको घोषणा गरेका कारण सुरक्षा रणनीति चुनौतिपूर्ण रहेको छ ।

बिहानै टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने औपचारिक कार्यक्रममा राष्ट्रपति, उपराष्ट्र, प्रधानमन्त्रीसहित संवैधानिक अंगका प्रमुख एवं विशिष्ट सरकारी व्यक्तिको उपस्थितिलाई सहज बनाउन बिहानै सुरक्षाकर्मी खटिने छन् । उक्त कार्यक्रमको चटारो सकिनासाथ अर्कोखाले सुरक्षा तैनाथीमा नेपाल प्रहरी जुट्दैछ ।

अपराह्न संयुक्त सदनको बैठकमा आर्थिक वर्ष २०८२-०८३ का लागि बजेट भाषण हुँदैछ ।

यी सबैखाले कार्यक्रमलाई लक्षित गर्दै प्रहरीले उपत्यकाभरका ३ हजार जनशक्तिलाई स्ट्याण्डबाई राखेको छ । यद्यपि, विभिन्न राजनीतिक दलले आयोजना गर्ने कार्यक्रमका निम्ति पनि प्रहरीको उत्तिकै सतर्क रहेका छा ।

 

भोलिको प्रदर्शनका लागि काठमाडौं उपत्यकाका तीनै जिल्लाका सम्पूर्ण प्रहरी युनिट स्ट्याण्डबाई राखिएको छ । त्यसअन्तर्गत तीनवटै जिल्ला प्रहरी कार्यालय, चार किसिमका गण र विभिन्न गुल्मका प्रहरी रहेका छन् । ती सबै युनिटमा ३ हजार जनशक्ति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्