१४ जेठ काठमाडौँ, आज बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच छलफल भएको छ।
बुधबार बिहान प्रधानमन्त्रीले कांग्रेस सभापति देउवा र गृहमन्त्री लेखकसँग कुराकानी गरेका हुन्। भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र० सहित प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गरिरहेका बेला यो छलफल भएको हो।
गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको नियमित प्रक्रिया अघि नबढ्ने चेतावनी प्रतिपक्षीले दिएका छन्। प्रतिपक्षीको अवरोधका कारण मंगलबारको प्रतिनिधि सभा बैठक अवरोध भएको थियो।
हरेक वर्ष बजेट सार्वजनिक हुनुअघि आर्थिक सर्वेक्षण संसद्मा प्रस्तुत हुने गर्छ ।हिजोको बैठकमा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची भए पनि उनले पेश गर्न पाएनन्। आर्थिक सर्वेक्षण संसद्मा पेस भएपछि मात्र सार्वजनिक हुने गर्छ ।
प्रतिपक्षीको अवरोधका कारण बजेटसमेत प्रभावित हुन सक्ने देखिएको छ। यही अवस्था रहेमा अर्थमन्त्रीले संसद् बैठकमा बजेट प्रस्तुत गर्ने सम्भावना रहँदैन । हरेक वर्षको जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था संविधानमै छ । दलहरूबीच सहमति कायम नभए बजेट नै सकसमा पर्नेछ ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भए पनि साढे ११ हुँदासम्म बैठक सुरु हुन सकेको छैन।
बैठकअघि सभामुख देवराज घिमिरेले सबै राजनीतिक दलका सचेतकहरूसँग छलफल गरेका छन्।
प्रतिक्रिया दिनुहोस्