पहिरोबाट खसेको ढुङ्गा लागेर एक जनाको घटनास्थलमै मृत्यु ,एक जना घाइते

१४ जेठ – दार्चुला, माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आज बिहान ७ बजेतिर नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ गइरहेका ठेगाना खुल्न बाँकी ७० वर्षीय कालु जोशीको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको छ। बाटोमा जाँदै गरेको अवस्थामा स्थानीय रतपडे भन्ने ठाउँ माथिबाट खसेको ढुङ्गा लागेर जोशीको घटनास्थलमै मृत्यु भएको हो।

उनीसँगै रहेका नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन्। घाइते धामीको उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भई रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्