दुई जना बलात्कारको अभियोगमा पक्राउ

१४ जेठ – वीरगञ्ज, पर्सामा दुई जना बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।

जगरनाथपुर गाउँपालिका– ६ सङ्ठीका २३ वर्षीय विशाल यादवलाई किशोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको छ।

भारतीय नागरिक मनिष पासवानलाई पनि यस्तै अभियोगमा सोमबार पक्राउ गरिएको छ । अभियुक्त पासवानले किशोरीलाई प्रलोभनमा पारेर भारतमा लगी पटकपटक करणी गरेको प्रहरीले जनाएको छ ।

पीडितका तर्फबाट पाएको जाहेरीका आधारमा अभियोग लागेका यादव र पासवानलाई करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान भइरहेको सूचना अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्