१४ जेठ – बुटवल, पूर्वश्रीमानले नाबालक दुई छोरी र पूर्वश्रीमतीको हत्या गरेका छन्।
बुटवल उपमहानगरपालिकाको होराइजन चोकस्थित मिलिजुली पथमा बस्दै आएका ३४ वर्षीया दिपा बस्याल र उनका दुई छोरीको पूर्वश्रीमान सुजन कोइरालाले बुधबार बिहान चार बजे घरेलु हतियार प्रयोग गरेर हत्या गरेका छन।
हत्या भएका छोरीहरू चार वर्षीकी हिमानी बस्याल र सात वर्षीकी स्नेहा बस्याल रहेका छन। सुजनले आफ्नै घरमा बोलाएर हत्या गरेका हुन। दीपा श्रीमान दुबई रहेका छन्।
उनीहरूबीच सम्बन्धविच्छेद भएपछि अर्को विवाह गरेका थिए। हत्या गर्ने कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोइराला आफ्नै दाजुलाई हत्या गरेर कारागार बसी केही वर्ष अघि मात्र संविधान दिवसको अवसरमा आम माफी पाएर छुटेका थिए ।
प्रतिक्रिया दिनुहोस्