१३ जेठ- काठमाडौं, १४ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन्।
डोटीको दीपायल सिलगढी नगरपालिका–८ सनडाका ६१ वर्षीय गंगाराम कोली सोमवार किशोरी करणीको आरोपमा कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ परेका हुन्।
कोली माथी २०८१ फागुन १४ गते राति ११ बजेको समयमा नारीदाङस्थित शिवरात्री मेला हेर्न गएकी १४ वर्षीया किशोरीमाथि करणी गरेको आरोप लागेको छ।
घटना पुरानो भए पनि पीडित बालिकाकी आमाले जेठ ११ गते मात्रै प्रहरीमा उजुरी दिएकी हुन। प्रहरीमा उजुरी परेको थाहा पाएपछि आरोपित कोली भागेर भारत जान लागेका थिए।
फरार रहेका गंगाराम कोलीलाई प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो
प्रतिक्रिया दिनुहोस्