मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु १ जना घाइते

१३ जेठ- नवलपरासीर्वी, मंगलबार पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ अम्रसामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीन जना सवार लु ९ प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी मध्यविन्दु नगरपालिका–७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको हो।

बर्दघाट नगरपालिका–५ घर भई मध्यविन्दु–७ बस्ने २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइते भएका छन्। घाइते लाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्