गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा संलग्नता छैनः नेपाली कांग्रेस

१२ जेठ- काठमाडौ, गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा नेपाली कांग्रेसले संलग्नता नभएको निष्कर्ष निकालेको छ । सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी बैठक बसेर यस्तो निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले गृहमन्त्री लेखक अनियमिततामा संलग्न नभएकोप्रति पार्टी विश्वस्त रहेको बताए ।

लेखकमाथि जबरजस्ती आरोप लगाउँदै अफवाह फैलाउने कार्य भइरहेको भन्दै त्यसप्रति आपत्तीसमेत जनाए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नहुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्ष कांग्रेसले निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्