अनियन्त्रित भएर जिप दुर्घटना हुँदा ९ जना घाइते

११ जेठ- सल्यान, सल्यानको कपुरकोट गाउँपालिका ५ रिमदेखि तुलसिपुर जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप कपुरकोट गाउँपालिका(३ लामीडाँडा स्थित राप्ती राजमार्गमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

जिप अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारीमा आएको छ । जिपचालक ३७ वर्षीय ज्ञानबहादुर महतारालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिपमा १२ जना यात्रु सवार थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते सबैलाई उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको र त्यहाँबाट गम्भीर र मध्यम घाइते ६ जनालाई नेपालगन्ज रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्