११ जेठ- कैलाली, धनगढीमा फालिएको शिशु रोइरहेको अवस्थामा फेला परेको छ।
धनगढी उपमहानगरपालिका–१४ एच गाउँ स्थित साईनोचोक नजिकै एक नवजात शिशु बेवारिसे अवस्थामा फेला पारिएको हो।
रोइरहेको अवस्थामा सडक छेउको नालामा सालनालसहित शिशु फेला परेको छ। स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इलाका प्रहरी कार्यालय बहुलियालाई खबर गरेका थिए। नवजात शिशुलाई प्रहरीले सकुशल उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।
शिशुलाई कोले जन्माएर बेवारिसे अवस्थामा छोड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्