११ जेठ – इलाम, जङ्गलबाट ल्याएको जङ्गली च्याउ पकाएर खाँदा बिरामी भएका इलामका २ जनाको मृत्यु भएको छ।
जिल्लाको माङ्सेबुङ–५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङको आइतवार मृत्यु भएको हो। च्याउ खाएका स्थानीय धनराज साङ्बाङ गम्भीर बिरामी परेका छन्।
खाएको केही समयपछि पेट दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएको थियो। प्रहरीका अनुसार उपचारका लागि अस्पताल लगिएकामा २ जनाको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस्