सुनको मूल्य बढेपनि चाँदीको मूल्य स्थिर

११ जेठ- काठमाडौँ, आज आइतबार सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।

गत शाताको शुक्रबार सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार ५ रुपैयाँमा कारोवार भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्