९ जेठ- बैतडी, बैतडीको सदरमुकाम भएर आज भूकम्प गएको छ।
सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे ५.१ र २ः०० बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।
लगातार दुईपटक कम्पन भएपछि स्थानीयहरु घर बाहिर निस्केका थिए। भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ।
प्रतिक्रिया दिनुहोस्