८ जेठ- काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीको भाषामा भन्ने हो भने – ’चिहानमा गाडिएको राजतन्त्र फर्किँदैन।’ तर अहिले… त्यसै चिहानबाट स्वरहरू गुञ्जिन थालेका छन् । परिवर्तनको गन्ध आइरहेको छ । “राजसंस्था पुनःस्थापनाको आन्दोलन देशव्यापी बन्दैछ । सडकदेखि संसदसम्म, त्यो स्वर अब सानो छैन। र यसै लहरबीच –नेपाली कांग्रेस अर्थात गणतन्त्रको मूख्य आधार मानेको पार्टी – अब लचिलो देखिन थालेको छ । शेरबहादुर देउवा — पाँचपटक प्रधानमन्त्री बनेका नेता अब भन्छन् – संवैधानिक राजसंस्थाबारे उनी नकारात्मक छैनन् । भन्छन, यदि हृदयेन्द्र राजा बने – समर्थन रहनेछ । यो सन्देश, अब राजसंस्था पुनःस्थापना आन्दोलनसम्म पुगेको छ । “बिपी कोइरालाको मेलमिलापको विचार – फेरि एकपटक चर्चामा छ । देउवाको सन्देश निर्मल निवास पुगिसकेको नेपाली काँगे्रसका नेता लोकेश ढकालले दाबी गरेका छन् ।
जेठ १५ बाट ’निर्णायक आन्दोलन’ हुने घोषणासँगै देशका ७७ मध्ये झन्डै ७० जिल्लामा प्रदर्शन भएका छन् । ज्ञानेन्द्र शाहका अपिलहरू अझ बढी तीखा भइरहेका छन् । यहि बिचमा कांग्रेस – आफूभित्रै द्विविधामा फस्दै गएको छ । शेखर कोइराला — कांग्रेसका अर्का शीर्ष नेता । उनी खुलेर भन्छन् – धर्मनिरपेक्षता र गणतन्त्र — जनमतमा लैजानुपर्छ । यो बयान, सामान्य छैन।“ २०५८ मा राजा ज्ञानेन्द्रले देउवालाई हटाए । पुनर्बहाली भएपछि देउवाले भने – ’गोरखाका राजा न्याय दिन्छन्।’फेरि बर्खास्ती, फेरि गणतन्त्रवादी । तर आज, उनले फेरि राजसंस्थासँग संवाद गर्न खोजिरहेका छन् । “५० प्रतिशतभन्दा बढी कांग्रेस प्रतिनिधिहरूले हिन्दू राष्ट्रको मागसहित देउवामाथि दबाब दिएका छन्। पार्टीका प्रभावशाली नेताहरू बिपीको नीति फर्काउने आवाजमा छन्। र देउवा – ओली नेतृत्वको गठबन्धनको एक हिस्सा भएर…एक ऐतिहासिक दोबाटोमा उभिएका छन्। राजसंस्था पुनस्थापना आन्दोलनका संयोजक नवराज सुवेदी समक्ष काँगे्रस सभापति देउवाले हृदयन्द्रबारे सकारात्मक प्रतिक्रिया दिएका हुन् । चिहान भनिएको राजतन्त्र आज ब्युँझिन खोजिरहेको कतिपयको तर्क छ । गणतन्त्र कि राजतन्त्र भन्ने विषयमा जनमत बाँडिएको छ । पछिल्लो समय गणतन्त्रमा छोडे राजाहरुको विगविगी भएको भन्दै आक्रोश समेत चुलिएको छ । केहि दिन अघि गणतन्त्र तयारी सम्बन्धी प्रधानमन्त्री केपी ओलीले डाकेको बैठक काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बहिस्कार गरेका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले त ओलीलाई भाग्नको लागि हेलिकप्टर तयार पार्नुस भन्दै चेतावनी नै दिएका छन् । अहिले एमाले नेता र राजावादीबीच दन्तबझान चलिरहेको छ । हृदयन्द्रबारे काँगे्रस सभापति देउवाको धारणाको संकेतले के देखाउन खोजेको हो ? आफ्नो विचार कमेन्ट बक्समा लेख्न नभुल्नुहोला ।।
-विश्लेषण लेखक: कृष्ण न्यौपाने
प्रतिक्रिया दिनुहोस्