युक्रेनी उच्चपदस्थ अधिकारीको गोली हानी हत्या

 

८ जेठ स्पेन, स्पेनको राजधानी म्याड्रिडमा एकजना पूर्व उच्चपदस्थ युक्रेनी अधिकारीको गोली हानी हत्या गरिएको छ। ५१ वर्षीय अन्द्री पोर्टनोभलाई पोजुएलो डे आलार्कोन क्षेत्रमा रहेको एक अमेरिकी विद्यालयको पार्किङ क्षेत्रमा गोली प्रहार गरिएको थियो।

उनि तेस बेला पोर्टनोभ आफ्ना छोराछोरीलाई विद्यालयमा छोडेर गाडीमा फर्कँदै थिए। त्यही क्रममा एक जना अज्ञात आक्रमणकारीले उनलाई गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरूले देखेका थिए। घटनापछि आक्रमणकारी नजिकैको सार्वजनिक पार्क हुँदै जंगलतिर फरार भएको बताइएको छ।

पोर्टनोभ युक्रेनका पूर्व राष्ट्रपति भिक्टर यानुकोविचको शासनकालमा सांसद तथा प्रशासनिक उपप्रमुखको भूमिकामा थिए। यानुकोविचलाई सन् २०१४ मा जनआन्दोलनपछि पदबाट हटाइएको थियो।

सन् २०१९ मा भोलोडिमिर जेलेन्स्की राष्ट्रपति बनेपछि उनी स्वदेश फर्किएका थिए। केही समयपछि उनी पुनः विदेशिएका थिए।

 

बुधबार बिहान ९ः१५ बजे भएको घटनाको जिम्मा कसले लिएको छ भन्ने कुरा अझै खुलेको छैन। प्रत्यक्षदर्शीहरूका अनुसार घटनास्थलमा पाँचदेखि छवटा गोली चलाइएको थियो। प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्