नेप्से परिसूचक सेयर बजार ७.९४ अंकले घट्यो

७ जेठ- काठमाडौं, बुधबार नेप्से बजार परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ विन्दुमा झरेको छ। मंगलबार नेप्से परिसूचक ४९.०९ अंकले बढेर १६७७.४५ विन्दुमा पुगेको थियो।

नयाँ गभर्नर नियुक्ति भएपछि सेयर बजार बढ्ने लगानीकर्ताले अनुमान गरेका थिए। तर ,नवनियुक्त गभर्नरले पदभार लिएकै दिन आज सेयर बजार ओरालो लागेको छ।

यसदिन ३१६ स्क्रिप्सको २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ७ अर्ब ३१ करोडको सेयर कारोबार भएको थियो।

कारोबारमा आएकामध्ये ९३ स्टक्सको मूल्य बढ्दा १५३ वटाको घट्यो। एक स्टकको मूल्य भने स्थिर रह्यो। तीन समूहबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्।

बैंकिङ,डेभलपमेन्ट बैंक र म्युचुअल फण्ड समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक घटेको हो।

प्रतिक्रिया दिनुहोस्