स्कुल बसमा आक्रमणमा ५ बालबालिकाको मृत्यु

७ जेठ- पाकिस्तान, बलुचिस्तानको खुजदार जिल्लामा बुधबार बिहान स्कुल बसमा आक्रमण हँुदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन्।

बिहान सबेरै खुजदार सहरको जिरो पोइन्टमा बालबालिका बोकेको बसमा विस्फोट भएको हो। घटनामा ५ जनाको मृत्यु भएको छ भने घाइतेहरूलाई अस्पताल पठाइएको छ।

 

खुजदार प्रहरी चौकीका अनुसार विस्फोटबाट बस पूर्ण रूपमा ध्वस्त भएको छ भने नजिकै पार्किङ गरिएको सानो कारमा पनि क्षति पुगेको छ। विस्फोटक पदार्थ रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको हो वा आत्मघाती आक्रमणकारीले गरेको हो भन्ने कुरा अझै प्रस्ट भइसकेको छैन।

प्रहरी अधिकारीहरूका अनुसार बसमा करिब ४० जना बालबालिका यात्रा गरिरहेका थिए। बीबीसीका अनुसार आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। तर घटनालाई बलुच अतिवादीहरूसँग जोडिएको छ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले आक्रमणको कडा निन्दा गर्दै समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्