७ जेठ- डडेल्धुरा, आलिताल गाउँपालिका -६ मा एक घरमा रुख ढल्दा बुहारीको मृत्यु भएको छ ।
बुधबार बिहान करिब ६ बजेतिर आएको हावाहुरीका कारण रतन कामीको घरमाथि ढलेको रुखले उनकी श्रीमती २७ वर्षीया रविना कामीको घटनास्थलमै मृत्यु भएको हो भने मृतककी सासू राधा कामी घाइते भएकी छन ।
घर माथिबाट ढलेको सल्लाको रुखले उनको ज्यान लिएको हो । मुत्यु भएकी रविना कोठामै थिइन। उनलाई स्थानीयले प्रहरीको सहयोगमा उदार गरि अस्पताल पुर्याएका छन्। मृतक कामीका एक छोरा र एक छोरी छन् ।उनको घर पूर्णरूपमा क्षति भएको छ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्